×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आयो दशैँ ! सोमबारबाट दशैँका लागि नयाँ नोट वितरण गर्दै राष्ट्र बैंक, प्रतिव्यक्ति कति पाईन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्ने भएको हो ।
‘क’ वर्गका बैंकहरुलेसमेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । सबै बैंकहरुमा नयाँ नोट पुगिसकेको कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरुसमेतले नयाँ नोट लगिसकेका छन् ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा बिहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
यता राष्ट्र बैंकले नोट सटही गर्न जाँदा स्वाथ्य सम्बन्धि मापदण्ड र सामाजिक दूरीको पूर्ण पालना गर्नसमेत अनुरोध गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: