काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ आज बिहान बाँडफाँड भएको हो । गोलाप्रथाबाट ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।
कम्पनीको आइपीओमा २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएका थिए । जसमा ८ हजार ८२० जनाको आवेदन रद्द भएको थियो । २३ लाख ४६ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले केहि समयपछि आइपीओ रिजल्ट बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् भने सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्