काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३० कम्पनीको १ करोड ८९ लाख ९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५७ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ । आज बिहिबार सबै समूहका उपपरिसूचक घटेका छन् ।
बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा अपि पावर कम्पनी, न्याग्दी ग्रुप पावर, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलोपमेन्ट कम्पनी सेयर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यता बिहिबारको बजारमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा सानिमा लाईफ सर्किट लागेको हो ।
यस अलावा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, खानिखोला हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा नारायणी डेभलोपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणी डेभलोपमेन्ट बैंकको सेयरमा यस्तो गिरावट आउँदा कर्पोरेट डेभलोपमेन्ट बैंक, अरुण काबेली पावर लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्