काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२३ कम्पनीको १ करोड ५३ लाख ०६ हजार ०६१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँको सेयर कारोबार भएको हो । आज ४ समूह बाहेक सबै समूहका उप-परिसूचक बढेका छन् ।
यसैबीच मंगलबारको सेयर बजारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । एभरेष्टको प्रमोटर सेयरसहित सानिमा लार्ज क्याप फण्ड, एक्सेल डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, माउन्टेन इनर्जी नेपाल, सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, निफ्रा, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, एनआसी एशिया बैंक, अरुण काबेली पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस अलावा रु रु जलविद्युत परियोजना, निफ्रा, लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्