काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल बैंक, कामना सेवा विकास बैंक, नेशनल हाईड्रोपावर कम्पनी, मेगा बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा आइसिएफसी फाइनान्स कम्पनीमा लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ । आइसिएफसीको सेयरमा यस्तो गिरावट आउँदा घलेम्दी हाईड्रोपावर कम्पनी, मल्टीपर्पस फाइनान्स कम्पनी, बेस्ट फाइनान्स, माउन्टेन हाईड्रो नेपाल लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची:

यसैबीच आइतबारको सेयर बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । मनकामनाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मैलुङ खोला जलविद्युत कम्पनी, सिटिजन्स म्युचअल फण्ड-१, सनराइज फर्स्ट म्युचअल फण्ड, कामना सेवा विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्