काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब २ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।
यस्तै बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, नेपाल बैंक, यूनाईटेड मोदी हाइड्रोपावर, आईसिएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मेगा बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा ग्रीन डेभलपमेन्ट बैंक र अपि पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । ग्रीन र अपिको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, यूनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, कालिका पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्