काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२५ कम्पनीको ७३ लाख २१ हजार ०१४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ७७ हजार ०७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूह बाहृक सबै उपसमूहका उप-परिसूचक घटेका छन् ।
यस्तै बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको १२ करोड ७७ हजार ०७८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, मेगा बैंक, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बिमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, सिटिनन्स बैंक, नेशनल हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । मनकामनासहित अन्य ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेसँगै रु रु जलविद्युत परियोजना, सिभिल लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचअल फण्ड-२, महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्