×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबारको सेयर बजार : रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी कमाए

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.१८ अंकले बढेर २९७७.०२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३५ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५९ करोड ९९ लाख बढीको सेयर कारोबार भएको छ । आज ४ समूह बाहेक सबै समूहका उप-परिसूचक घटेका छन् ।

यता बुधबारको बजारमा रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस अलावा ओरेन्टल होटल, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

 

 

 

 

 

 

 

 

 

 

 

 

बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ५९ करोड ९९ लाख ३६ हजार ०४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा यूनाइटेड मोदी हाइड्रोपावर, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी,रिडि हाइड्रोपावर, डेभलपमेन्ट कम्पनी,नेपाल बैंक, नबिल बैंक, लुम्बिनी विकास बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको सेयरमा यस्तो गिरावट आउँदा खानिखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: