काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँको सेयर कारोबार भएको हो । आज बुधबार सबै समूहका उप-परिसूचक घटेका छन् ।
बुधबारको बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यस अलावा एक्सेल डेभलपमेन्ट बैंक, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनिभर्सल पावर कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, सपोर्ट माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

बुधबारको बजारमा सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । लाइफ इन्स्योरेन्सको सेयरमा यस्तो गिरावट आउँदा गुडविल फाइनान्स कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबाको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्