×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ३ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।

बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको ३८ करोड ६० लाख ४३ हजार ५०८ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल बैंक, आईसिएफसी फाइनान्स, नेशनल हाईड्रोपावर कम्पनी, अरुण काबेली पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

बिहिबारको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन बैंकको प्रमोटर सेयरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । कर्पोरेट बैंकको सेयरमा यस्तो गिरावट आउँदा श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसिएफसी फाइनान्स, लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।  हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: