×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबारको बजार अपडेट : यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२२ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) काअनुसार मंगलबार कुल २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ०८१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ रुपैयाँको सेयर कारोबार भएको हो । आज मंगलबार दुई समूह बाहेक सबै समूहका उप-परिसूचक घटेका छन् ।

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार यूनाइटेड मोदी हाईड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, ज्योति विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । आरएमडिसीको सेयरमा यस्तो गिरावट आउँदा रुरु जलविद्युत परियोजना, प्रोग्रेसिभ फाइनान्स, फर्स्ट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि सर्किट लागेको हो । यस अलावा यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, यूनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

  

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी