×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लुटिंदा घाइते भएका ‘गार्ड-दाई’को बयान-‘बैंकका कर्मचारी, र धनमाल जोगाउन सकेसम्म कोसिस गरें, तर…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक लुटिंदा घाइते भएका ‘गार्ड-दाई’को बयान-‘बैंकका कर्मचारी, र धनमाल जोगाउन सकेसम्म कोसिस गरें, तर…’

विराटनगर । शितल कुमाल होसमा आउँदा उनका अगाडी केहि प्रहरीहरु थिए । चिकित्सकले उपचार गरिरहेका थिए । मानसपटलमा केहि समय अगाडी आफु कार्यरत बैंकमा भएको लुटबारे दृश्यहरु घुमिरहेका थिए । त्यसैबीच प्रहरीले उनीमाथि सोधपुछ सुरु गर्यो ।

नेपाल एक्स टु (एनेक्स टु) मार्फत् १ असोजदेखि सिटिजन्स बैंकमा कार्यरत ३८ वर्षीय शितल कुमा घटनाबारे बताउन थाले ।

‘मैले सबैको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिएँ । यसैबीच केहि व्यक्तिहरु सरासर बैंक प्रवेश गरे ।’

‘मैले उनीहरुलाई रोकेर के कामको लागि आएको हो भनी प्रश्नसमेत गरें । एउटाले माथि काम छ भन्दै बैंकको एक फन्को मारेर फर्कियो । १५ मिनेटपछी उनीहरु फेरी आए ।’

घाइते भएर पल्टिएका उनलाई बोल्न केहि गाह्रो भईरहेको थियो । प्रहरीले त्यसपछि…? भनेर प्रश्न तेर्स्यायो ।

‘१५ मिनेट पछि उनीहरु फेरि आए ।  मैले के काम थियो भनेर उनीहरुलाई रोक्न खोजें । वरिपरिबाट घेरेर उनीहरुमध्ये एकलेमेरो खुकुरी खोसे । अर्को एकले पेस्तोल ताके । मैले आफ्नो खुकुरी खोस्न खोज्दै गर्दा अर्को लुटेराले मेमाथि गोली चलायो । त्यसपछि मलाई केहि थाहा छैन । मैले बैंकका कर्मचारी र धनमालको सुरक्षाका लागि सकेको कोसिस गरेको हुँ ।’

कुमालकि पत्नीलाई छोराछोरीको सुरक्षाको चिन्ता…

कुमालकी पत्नी ३७ बर्षीया नानुमायाले श्रीमान घाइते भएको सूचना घटनाको आधा घण्टापछि पाएकी थिइन् । ‘कसैले बैंक लुटपाट बारे फेसबुकमा गरेको पोस्ट हेरेपछि एक छिमेकीले मलाई भने अनि थाहा पाएकी हुँ । बैंक लुटियोरे भनेर कसैले फेसबुकमा पोष्ट गरेको रहेछ । छिमेकीले मलाई भने पछी बल्ल थाहा पाएँ ।’

अव उनलाई श्रीमानको स्वास्थ्यस्थितिसँगै छोराछोरीको सुरक्षाको चिन्ता बढेको छ । कर्सियाकै एक स्थानीय विद्यालयमा कुमालको छोरी कक्षा–९ मा र छोरा कक्षा–६ मा पढ्छन् । ‘लुटेराहरुले श्रीमानलाई चिनिसकेका छन्, तीन जना पक्राउ परे पनि उनीहरुका अरु साथी पनि होलान्, छोराछोरीलाई कसरी विद्यालय पठाउने चिन्ता भयो । लुटेरालाई कडा कारवाही त हुनु पर्छ नै, मेरो श्रीमानको उचित उपचार होस्, मेरो परिवारको सुरक्षाको व्यवस्था सरकारले मिलाईदेओस् ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: