×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको अर्को ‘बिग सरप्राइज’ आउँदै ! ४-१२ को नीति परिमार्जनबारे हुँदैछ यस्तो तयारी !

काठमाडौँ । ब्याजदरमा बैंकहरुले मनपरी गर्न थालेपछि रातारात सर्कुलरमार्फत बैंकहरुमाथि कडा एक्सन लिँदै बढाइएको ब्याजदर फिर्ता लिनेगरी निर्देशन जारी गरेको नेपाल राष्ट्र बैंकले ४-१२ को नीति परिमार्जन गर्नेगरी ‘बिग सरप्राइज’को तयारी गरेको छ । यसअघि नियामक राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड सेयर कर्जा र सबै बैंकगरी बढीमा १२ करोड  सेयर कर्जा लिन नपाइने व्यवस्था गरेको थियो । अव यो व्यवस्था पनि परिमार्जन हुनेगरी राष्ट्र बैंकले तयारी थालेको बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले ४-१२ को कसिलो नीति ल्याएपछि सेयर बजारका ठुला लगानीकर्ताहरु सेयर बेच्ने प्रेसरमा पर्दा सेयर बजार सुस्ताएको थियो । तर अव यो व्यवस्था पनि परिमार्जन हुने भएको हो । नेपाल राष्ट्र  बैंकले यो व्यवस्था परिमार्जनका लागि विभिन्न विकल्पमा छलफल अगाडी बढाएको छ । संस्थागत लगानीकर्तालाई  छुट दिएर ४-१२ लाई १०-२५ बनाउने, वा संस्थागत लगानीकर्तालाई छुट दिएर ४-१२ लाई नै निरन्तरता दिने, वा तोकिएको समयावाधिलाई परिमार्जन गर्ने, वा ४-१२ लाई निरन्तरता दिएर त्यसको कार्यान्वयन मिति सार्ने, वा पहिलाकै स्थितिमा रहनेगरी पछिल्लो समय गरेका ४-१२ सम्बन्धि नीति नै खारेज गर्ने भन्ने विषयमा नेपाल राष्ट्र बैंक गहन छलफलमा रहेको बैंकका एक संचालकले बताएका छन् ।

‘कुन रुपमा परिमार्जन गर्ने भन्नेमात्र छलफल भईरहेको हो । अहिलेको नीति परिमार्जन हुने कुरामा कुनै शंका छैन । तर यहि कार्तिकमा यस्तो परिमार्जन सर्कुलरमार्फत गर्ने कि मौद्रिक नीतिको समिक्षामा यसको परिमार्जन गर्ने भन्ने विषयमा छलफल जारी छ ।’ ती संचालकले भने ।

नेपाल राष्ट्र बैंकले ४-१२ को नीति ल्याएपछि सेयर बजार नमज्जासँग सुस्ताएको छ । त्यसमाथि पनि केहि दिनअगाडी बैंकहरुले ब्याजदर मनपरी ढंगले बढाउँदा सेयर बजारमा पहिरो गएको थियो । तर नेपाल राष्ट्र बैंकले रातारात सर्कुलरमार्फत बढाइएको ब्याज घटाउन निर्देशन दिएपछि अहिले सेयर लगानीकर्ताहरुले पनि राहतको महसुस गरेका छन् ।

पछिल्लो समय सेयर बजारमैत्री नीति नल्याएको भन्दै नेपाल राष्ट्र बैंकको सेयर लगानीकर्ताहरुले चर्को आलोचना गरिरहेका छन् । यहि ४-१२ को नीति ल्याएपछि पनि नेपाल राष्ट्र बैंकको चर्को आलोचना भएको थियो । यहि नीतिको परिमार्जनको माग गर्दै लगानीकर्ताहरुले आन्दोलनसमेत गरेका थिए । यसो त राष्ट्र बैंकका संचालक यस अघि नै पनि सो नीति परिमार्जन गर्ने कि भन्ने छलफल भएको तर हतार नगर्न राष्ट्र बैंकको बोर्डले दिएको अनौपचारिक सुझावका आधारमा तत्काल सो व्यवस्था परिमार्जन नभएको बताउँछन् । ढिलै भएपनि यो नीति परिमार्जन हुँदा सेयर बजारले पुन लय लिने विश्वास गरिएको छ । नियामकहरुको बजारलाई बेफाइदा हुने नीति बारम्बार आउँदा बुलिस चक्रमा रहेको बजार नमज्जासँग घटिरहेको थियो । अव भने माहोल परिवर्तन हुने अपेक्षा गरिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: