×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेयर बजारमा भोग्नुपर्ने कुरा भोगी सकियो, सहनुपर्ने कुरा पनि सहीसकियो’ : अम्बिकाप्रसाद पौडेल

काठमाडौं । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर बजारका लागि नकारात्मक समाचार सकिएको बताएका छन् । नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महसंघको पूँजीबजार फोरमका सभापति पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर बजारका लागि नकारात्मक समाचार सकिएको बताएका हुन् । साथै उनले बजारमा भोग्नु र सहनु पर्ने सबै कुरा भोगि सकिएको पनि बताएका छन् ।
‘बजारको लागि अब केही पनि नकारात्मक न्युज बाँकी छैन जस्तो लागेको छ। भोग्नु र सहनु पर्ने सबै कुरा भोगी सक्यो सहिसक्यो ।’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । उनले नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा लगाम लगाउने व्यवस्था गरेसँगै यस्तो धारणा सार्वजनिक गरेका हुन् । बैंकहरुले आफु खुसी अधिक ब्याजदर निर्धारण गर्न थालेपछि राष्ट्र बैंकले मंगलबार नयाँ निर्देशन जारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: