बागलुङ । बागलुङ नगरपालिकाले निर्वाचित जनप्रतिनिधि आउनासाथ आधा दर्जन महत्वकांक्षी योजना अघि सारेको थियो । रु २६ करोड लागतमा वन्यजन्तु उद्यान, काठेखोला थुनेर जलविहारसहितको पर्यटकीय केन्द्र बनाउने, विमानस्थल कालोपत्र गरेर आफ्नै लगानीमा जहाज चलाउने, आधुनिक बसपार्क निर्माणलगायतका महत्वपूर्ण तर केही महत्वकांक्षी योजना अघि सारेको नगरपालिकाले केही योजना निर्माण सफल गरिसकेको छ । बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम भइरहेको छ भने नगरपालिका नगर विकास कोषको ऋण साझेदारीमा अहिले साविक धवलागिरिमै पहिलोपटक आधुनिक बसपार्क निर्माण गरिएको छ । नगरपालिकाकै पहलमा विश्वकै लामो दाबी गरिएको गोल्डेन ब्रिज निर्माणदेखि त्यसको प्रवद्र्धनका लागि विश्व रेकर्ड राख्नसमेत पहल भइरहेको छ । अहिले वन्यजन्तु पार्क ९प्राणी उद्यान०मा अहिले पदमार्ग निर्माणको काम जारी छ ।
नयाँ सङ्घीय अभ्यासमा पहिलोपटक निर्वाचित जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा पुग्न थाल्दा नगरपालिकाले अर्को महत्वकांक्षी योजना अघि बढाएको छ । गत वर्ष नै काठेखोला जलविहार परियोजनाको डिपिआर बनाउने तयारी भए पनि कोरोनाका कारण अहिले अध्ययन भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तत्कालै रु २० लाखमा योजनाको विस्तृत योजना प्रतिवेदन ९डिपिआर० र निर्माण सुरु गर्नका लागि रु एक करोड बजेट विनियोजन गरिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘खोलालाई पर्यटकीय केन्द्र बनाउने योजना हो, यो सम्पन्न हुँदा पर्यटकलाई पूरै एक दिन भुलाउने गरी संरचना बनाउने योजनामा छौँ”, उहाँले भन्नुभयो, “भूगर्भविद तथा जियोलजिकलमा दक्ष प्राविधिकलाई लिएर अध्ययन गराउने काम भइरहेको छ, ड्याम बनाउने स्थानको भौगोलिक अवस्थाको विशेष अध्ययन भइरहेको छ, ३०-४० मिटर अग्लो ड्याम बनाएर डुङ्गा चलाउने, माछापालन गर्ने तथा खोला छेउछाउमा रक गार्डेन बनाउने र पर्यटकलाई आकर्षित गर्ने हो ।’
बागलुङ-३ र ९ तित्याङ जोड्ने फड्केडाँडाको झोलुङ्गे पुल मुनिदेखि माथि नगरपालिकाले काठेखोला थुनेर ५०० मिटर लामो तलाउ बनाउने योजना छ । खोलाको वारिपारिलाई पर्यटकीय केन्द्र बनाउने र खोलालाई थुनेर बहुआयामिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने नगरपालिकाको लक्ष्य रहेको पौडेलको भनाइ छ । काठेखोला थुनेर सञ्चालन गरिने जलविहार परियोजना प्राविधिक टोलीले अध्ययन गर्ने र डिपिआर निर्माणको चरणमा रहेको नगरपालिकाका इञ्जीनियर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम बनाइसकेर खोला थुनिसकेपछि विद्युत् निकालेर नियमित आम्दानी गर्न सकिनेछ ।आयोजनाको लागत अनुमानसहितको डिपिआरपछि मात्रै आउने भए पनि रु ३० देखि ४० करोड लगानीमा काठेखोला जलविहार परियोजनाले सार्थकता पाउने नगरपालिकाको अनुमान छ । सुरुमा केही रकम खर्चेर ड्याम बनाउने र अनावश्यक पानीलाई ड्याममाथिबाट खसाल्दा मनमोहक झरनासमेत बनाइनेछ ।
ड्याम निर्माणपछि जलविहार गराउँदै लैजाने र विस्तारै आवश्यक संरचना थप गर्न सकिने इञ्जीनियर शर्माको भनाइ छ । उहाँले बागलुङमा तलाउ नभएका कारण तलाउमा डुङ्गा सयर गराउने गरी पर्यटक आकर्षित गर्न काठेखोला नदी थुन्न थालिएको हो । नदी थुन्ने स्थानमा कुनै बस्ती र खेतीयोग्य जमिन नरहेका कारण समस्या नहुने शर्माले बताउनुभयो । ‘एउटा जलविद्युत्का लागि आवश्यकतानुसारकै ड्याम निर्माण हुनेछ, ड्याममाथिबाट पानी खसालेर खोलामै बगाइनेछ, तालमा सङ्कलन भएको पानीको बीचमा टापु बनाइने छ भने वनभोजका लागि स्थान बनाइनेछ’, शर्माले भन्नुभयो, ‘तलाउ वारिपारि बगैँचा, उद्यानलगायत मनमोहक प्राकृतिक सुहाउँदो संरचना निर्माण गरिनेछ, जसका कारण नदी थुन्दा अन्य केही समस्या आउनेछैन ।’ -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्