×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारी जागिरे बन्ने सुवर्ण अवसर ! राष्ट्रिय बाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी !

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकमा ८१४ कर्मचारीका लागि जागिर खुलेको छ । लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि बैंकले सार्वजनिक सूचना जारी गरी यो जागिर खुलाएको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । सूचना अनुसार बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि दर्खास्त आह्वान गरेको छ ।

वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।

बैंकका अनुसार इच्छुक आवेदकले  ५ मंसिरभित्र सो जागिरका लागि दरखास्त दिइसक्नुपर्नेछ ।

दर्खास्त दिएकाहरु लिखित परिक्षामा सामेल हुनेछन् भने लिखित परिक्षामा पास भएकाहरुको त्यसपछि अन्तरवार्ता हुनेछ । अन्तर्वार्तामा पनि छानिनेहरुले सरकारी कर्मचारी भएर बाणिज्य बैंकमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: