Skip to content
LAXMI SUNRISE BANK

बैंकले जथाभावी धितो लिलामी गर्न नपाउने, यस्तो छ राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले धितो लिलामीमा कडाई गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफूखुसी धितो लिलामी गरी कर्जा असुली गर्दा ऋणीहरु समस्यामा परेको भन्दै धितो लिलामीमा कडाई गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब एक वर्षभन्दा बढी अवधिको कर्जा असुली गर्दा विभिन्न चरणहरु पार गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तिय संस्थाहरुले एक वर्षभन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई कम्तीमा शंंकास्पद वर्गमा वगीकरण भएको हुनुपर्ने छ।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने पनि व्यवस्था गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK