×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जाको भाखा नाघेको ६ महिनापछि मात्र बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक सूचना निकाल्न पाउने 

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

कर्जाको भाखा नाघेको ६ महिनापछि मात्र बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक सूचना निकाल्न पाउने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको म्याद नाघेको कम्तीमा ६ महिनापछि मात्र असुलीका लागि सर्वजनिक सूचना जारी गर्न पाउने ल्याएको हो ।
साथै राष्ट्र बैंकले भाखा नागेको कर्जा शंकास्पद वर्गमासमेत वर्गीकरण भएको हुनुपर्ने जनाएको छ । ‘एक वर्ष भन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा संकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।’ राष्ट्र बैंकको व्यवस्थामा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: