काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार/चिठ्ठा/प्रतियोगिता/पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको म्याद नाघेको कम्तीमा ६ महिनापछि मात्र असुलीका लागि सर्वजनिक सूचना जारी गर्न पाउने व्यवस्था गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्