×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नै दिदिलाई करणी गर्ने बैंकर भाई पक्राउ ! (भिडियो)

काठमाडौँ । जवरजस्ती करणी उधोग गरेको आरोपमा सेन्चुरी कर्मर्सियल बैंकमा कार्यरत युवा बैंकर पक्राउ परेका छन् । ३० वर्षीया एक महिलामाथि करणी गरेको आरोपमा प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेड बागलुङ शाखामा कार्यरत कमल प्रसाद बिनारीलाई पक्राउ गरेको हो ।
कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भएका २९ वर्षीय बिनारीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको जनाइएको छ ।
केही वर्ष पहिलेदेखि आफ्नै धर्म दिदी बनाएर तिहारमा भाईटिका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते जवरजस्ती करणी गरेको भन्दै महिलाले उजुरी दिएपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।
ती महिलाका पति बैदेशिक रोजगारीबाट केही दिन पहिलामात्र फर्किएका थिए । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिएका छन् । हेर्नुहोस् भिडियो :

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: