Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकर्स संघको वार्षिक साधारणसभा कात्तिक २३ गते हुने, को बन्ला नयाँ अध्यक्ष ?

अर्थ सरोकार

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको वार्षिक साधारणसभा कात्तिक २३ गते हुने भएको छ । संघको आइतबार बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो । सो सभाले अध्यक्षसहित ६ जना सदस्यहरुको निर्वाचन गर्ने भएको छ ।
संघका हलका अध्यक्ष भुवन दहालसको २ बर्षे कार्यकाल पुरा हुँदैछ। त्यसैले आगामी साधारणसभाले नयाँ अध्यक्ष छान्ने छ। संघका बहालवाला उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने चलन चार बर्षयता चल्न थालेको छ। अहिले उपाध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय छन्। उनलाई नै स्वत: अध्यक्ष बनाउनु पर्छ भन्ने एकथरी छन्।
तर निजी क्षेत्रबाट अध्यक्ष बनाउनु पर्छ भन्ने मत पनि अगाडि आएको छ। यसअघि भारतीय लगानीको नेपाल एसबीआइ बैकका प्रमुख कार्यकारी उपाध्यक्ष हुँदा उनले समग्र नेपाली बैंकको प्रतिनिधित्व गर्न नसक्ने भन्दै कार्यसमितिमा नभएका दहाललाई अध्यक्ष बनाइएको थियो ।
अध्यक्ष दहालले सोमबार कार्यसमितिका सदस्यहरुलाई इमेल लेख्दै आफ्नो बैंकिङ कार्यकालसमेत तीन महिनापछि सकिन लागेकाले आगामी कार्यसमिति छान्नका लागि सुझाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK