काठमाडौं । बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले दशैं र तिहारमा १२ दिन बिदा पाउने छन् । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दशैं तथा तिहारमा १२ दिन बिदा पाउने सूचना जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार कर्मचारीहरुले दशैंमा ६ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले घटस्थापनादेखि दशैंसम्म ६ दिन बिदाको व्यवस्था गरेको हो भने २१ गते घटस्थापनाका दिन पाएको बिदासहित दशैंमा ६ दिन बिदाको समय तोकिएको छ ।
यस्तै असोज २६ गतेदेखि कर्मचारीले बिदा पाउनेछन् भने असोज ३० गतेसम्म सो बिदा हुनेछ । असोज ३१ गतेदेखि भने बैंक तथा वित्तीय संस्थाहरु खुल्नेछन् । तिहारमा कात्तिक १८ गतेदेखि २१ गतेसम्म कर्मचारीहरुले बिदा पाउनेछन् । कर्मचारीले तिहारमा पनि ४ दिन बिदा पाउनेछन् । राष्ट्र बैंकले कर्मचारहरुका लागि छठ पर्वको बिदाको पनि व्यवस्था गरेको छ ।
कात्तिक २४ गते छठ पर्व र २५ गते फाल्गुनन्द जयन्तीमा पनि कर्मचारीले बिदा पाउनेछन् । २५ गतेको बिदा भने किँरात धर्ममा आस्था राख्ने कर्मचारीले मात्रै बिदा पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्