×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विराटनगर विमानस्थल जलमग्न, उडान प्रभावित हुँदा मर्कामा यात्रु (भिडियो रिपोर्ट)

विराटनगर । अत्याधिक वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल डुबानमा परेपछि हवाई उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबार देखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ । विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
बुधवार बिहान सवा ६ बजे देखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनु भयो । उहाँले विमानस्थलमा पानी भरिएकाले एयरपोर्ट संचालन हुने टुङ्गो नभएपनि मौसम सफा हुदै गए तथा एयरपोर्टको पानी सुक्दै गए बिहिवार देखि एयरपोर्ट संचालन गर्न सकिने जानकारी दिनुभयो ।
डुबानका कारण भएको क्षति अझै सम्म यकिन गर्न नसकिएको उहाँले बताउनु भयो । डुबानका कारण विमानस्थलमा भएको क्षति बारे यकिन गर्न केही दिन लाग्ने विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: