×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभुमि नेपालको आइपीओ बाँडफाँड : ७४ हजार ४ सय आवेदकले सेयर पाउदा १९ लाख ५६ हजार ५५५ काे हात खाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुद्धभुमि नेपालको आइपीओ बाँडफाँड : ७४ हजार ४ सय आवेदकले सेयर पाउदा १९ लाख ५६ हजार ५५५ काे हात खाली

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आज बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।
मागभन्दा धेरै आवेदन परेकाले आईपीओ गाेलाप्रथामार्फत बाँडफाँड गरिएकाे बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् भने बाँकीको १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ ।
यस आइपीओमा २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र याेग्य आवेदक थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।
आइपिओको रिजल्ट केहिसमयपछि ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, सिभिल क्यापिटलकाे वेभसाइट (https://www.civilcapitalmarket.com/) , बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट (https://buddhabhumihydro.com/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी