Skip to content
LAXMI SUNRISE BANK

‘राष्ट्र बैंकको १२ करोडको कर्जा सीमाले पूँजीबजार अस्वभाविक घट्यो, यसलाई तत्काल खारेज गरियोस्’ : चेम्बर अफ कमर्स

अर्थ सरोकार

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटेपछि नेपाल चेम्बर अफ कमर्सले पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ४ र १२ करोडको कर्जा सीमा तोकेकोप्रति असन्तुष्टि जनाएको छ । चेम्बरले एक विज्ञप्ति जारी गर्दै सो व्यवस्थाका कारण नेप्से परिसूचक ७ सय अंकले घटिसके र लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाइसकेको जनाएको हो ।
यसअघि नेपाल इन्भेस्टर्स फोरम, नेपाल उद्योग वाणिज्य महासंघले बजार सुधारकालागि विभिन्न माग राख्दै प विज्ञप्ति निकालिसकेका छन् । दैनिक २०/२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिव ४ अर्बको कारोबार र लगभग ६ सय ५० अंक तथा पुँजीकरणमा आएको गिरावट सँगै लगानीकर्ताले अर्बौ रकम गुमाउन पुगेको चेम्बरको ठहर छ ।
चेम्बरले संस्थागत स्टक डिलर, मार्केट मेकर जस्ता संस्थाहरुलाई बजारमा ल्याउन माग गरेको छ । अनलाईन कारोबार प्रणालीको वर्तमान संरचनालाई चुस्त दुरुस्त बनाई बैंक इन्टीग्रेसनसहितको प्रभावकारी प्रणाली बनाउनसमेत माग गरेको छ। साथै फ्युचर अप्सन, जस्ता डेरिभेटिभ प्रोडक्टहरु ल्याउने तथा इन्ट्रा डे कारोबारको शुरुवात गर्नसमेत चेम्बरको माग छ।
चेम्बरको १६ बुंदे माग जस्ताको त्यस्तै :
  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK