×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक लुट प्रकरण : …र त्यसपछि सिटिजन्स बैंकमा गोली चल्यो, ‘गार्ड-दाई’ भुँइमा ढले…!

विराटनगर । २५ असोज सोमबार । सिटिजन्स बैंकको कर्सिया शाखामा दशैंमा हुने कारोबारको माहोल थियो । विहानैदेखि बैंकमा कार्यरत कर्मचारीहरु व्यस्त थिए । दशैं अघिको नियमित कारोबारको अन्तिम दिन भएकाले पनि शाखामा चहलपहल बढी नै थियो । अरु दिनभन्दा अलि बढी भीडभाडका बीच बैंक चलिरहेको थियो ।

यहिबीच एक समूह बैंक पस्यो । उनीहरुले हिन्दी भाषामा सबैलाई सतर्क हुन र दायाँबायाँ नहुन आदेश दिंदै थिए । बैंक लुट्ने मनसाय देखिएपछी बैंकका सुरक्षा गार्डले उनीहरुलाई रोक्न खोजे । गार्डले रोक्न खोजेपछि सो समूहका एकले उनीमाथि गोली चलाए । त्यसपछिको बैंकभित्रको माहोल कुनै फिल्मको दृश्यजस्तो देखियो । लुटेराहरुको समूह कटुवा पेस्तोलबाट सुरक्षा गार्डलाई गोली हानेर बैंक भित्र प्रवेश गरेको थियो ।

सीसीटीभी फुटेजअनुसार नकावधारी ६ जना लुटेराको समूहले कर्मचारीलाई पेस्तोल देखाएर कर्मचारीलाई नियन्त्रणमा लिएको देखिएको छ  । त्यसपछि उनीहरुले पैसा पोको पारेर हिंडेको देखिन्छ ।

बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरलाई लुटेरा समूहले २ गोली हानेका रहेछन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।  घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ ।  चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् ।  रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनी नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका व्यक्ति हुन् ।

लुटेराहरुले कोलाहल मच्चाएपछी स्थिति त्राहिमाम बन्यो । लुटेराहरु त्यसपछी भागे । भाग्दै गरेका लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेहरुमाथि अनुसन्धान भईरहेको छ ।

हुन त लुटेराहरु पनि सहजै पक्राउ परेका होइनन् । उनीहरुलाई पक्राउ गर्न पनि प्रहरीले गोली चलाउनुपर्यो । प्रहरीको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । यद्यपी उनीहरुबाट कुनै पनि नगद बरामद भएको छैन । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंक लुटेर लुटेराहरु को २५ प ३८९९ नम्बरको मोटरसाइकल चढेर भागेका थिए ।

अहिले कर्मचारीहरु पैसा गनिरहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: