×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यापारमा घाटा लागेपछि बनेको रहेछ भाडाका मान्छे लगाएर सिटिजन्स बैंक लुट्ने योजना, घटनाका संलग्न मोस्ट वान्टेड !

सिटिजन्स बैंक लुट प्रकरण यतिबेला चर्चामा छ । बैंक लुटेर लुटेराहरु फरार छन् भने तीनका समूहका केहि पक्राउ परेका छन् । अझै पनि लुटिएको पैसा भेटिएको छैन । घटनास्थलबाट एक पेस्तोल बरामद भएको छ । घटनाका मुख्य योजनाकार श्याम मुखिया रहेको प्रहरीले जनाएको छ ।  मोरंङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार बिराटनगर-६ मा उनको गार्मेन्ट कारखाना छ भने बिरातनगर -८ मा उनको घर छ । प्रहरीसँगको बयानमा उनले व्यापारमा घाटा बढेपछी भारतबाट भाडामा अपराधी ल्याएर लुटको योजना बनाएको बताएका छन् ।

सुरक्षा गार्डसँगको घम्साघम्सीका क्रममा आफ्नै समूहका साथीले चलाएको गोली लागेर घाइते भएपछी  घटनामा संलग्न बिजय यादव र सुनिल यादव पक्राउ परेका थिए । प्रहरीका अनुसार  लुटेराले प्रहार गरेको दुई गोली सुरक्षागार्डलाई र एक गोली उनीहरुकै साथी विजयलाई लागेको थियो । पक्राउ परेका बिजय भारतीय प्रहरीको वान्टेड सूचीमा छन् । उनी घाइते साथीलाई लिएर भाग्न खोज्दै गर्दा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार लुटेराहरु दुई समूह बनाएर दुईतिर लागेको देखिन्छ ।  घाइते साथी बोकेर एक जना एउटा बाटो लागेको र पैसा चोरेर लुटेरा अर्कै बाटो लागेको उनको भनाइ छ ।  गोली प्रहार गर्ने पनि हाल फरार रहेको प्रहरीको भनाई छ ।  यता सिटिजन्स बैंकले सो दिन करिव २१ लाख लुटिएको जानकारी बैंकलाई गराएको छ ।

प्रहरीले पक्राउ परेकाबाट घटनाका थप तथ्य ओकल्ने प्रयास गरिरहेको छ ।  तर  योजनावद्ध लुटपाट भएको हुनाले फक्राउहरुले सहजै मुख खोल्न नमानिरहेको प्रहरीको भनाइ छ । यस अगाडि २२ असोजमा विराटनगरको मेनरोडमा वडा प्रहरी कार्यालय छेउकै एक गार्मेन्ट पसलमा पेस्तोल सहित प्रवेश गरेका तीन जनाले ११ हजार रुपैयाँ र ४ मोबाइल लुटेका थिए । अपेक्षित रकम काउन्टरमा फेला नपारे पछि लुटेरामध्ये एकले रिसाएर पेस्तोलको पछाडिको भागले टाउको प्रहार गरी पसल सञ्चालकलाई घाइते बनाएका थिए । सो घटनापनि यहि समूहको हात रहेको आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: