×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक लुट प्रकरण : थप एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ

मोरङ । मोरङस्थित सिटिजन्स बैंकमा हतियारसहित लुटपाटको प्रयास गर्ने थप एक जना पक्राउ परेका छन् । भारतको अररिया फारवेसगञ्ज–१० का २० वर्षीय रोशन यादव सो घटनामा पक्राउ परेका हुन् । मोरङ प्रहरीका अनुसार उनको साथबाट एउटा पेस्तोल, त्यसको म्यागजिन र लागुऔषध गाँजा पनि फेला परेको छ ।
सोही लुटपाटमा संलग्न तीन जनालाई घटना भएकै दिन अर्थात असोज २५ गते प्रहरीले पक्राउ गरेको थियो । विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव, भारत अररिया गोराहा–४ का ३० वर्षीय बिजय सहनी यसअघि नै पक्राउ परेका थिए । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंकमा लुटपाट भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: