×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंक लुट प्रकरण : ३ जना लुटेरा पक्राउ, तर सयौं कोसिस गर्दा पनि प्रहरीले भेटेन पैसा…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक लुट प्रकरण : ३ जना लुटेरा पक्राउ, तर सयौं कोसिस गर्दा पनि प्रहरीले भेटेन पैसा…!

मोरङको धनपालथान गाउँपालिका कर्सियामा रहेको सिटिजन्स बैंकमा रहेको रकम लुटमा संलग्न तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटानगर महानगरपालिका–८का ३२ वर्षीय श्याम मुखिया,  अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया–४ का ३० वर्षीय विजय सहनी रहेका छन् । यी मध्ये  सहनीको बायाँ तिघ्रामा प्रहरीको गोली लाग्दा उनी ढलेपछी उनी पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिए को छ भने उक्त घटनामा संलग्न अन्य ६ जना व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका उनीहरुको साथबाट घटनास्थलमा प्रयोग भएको पेस्तोल, ३ राउण्ड गोली र नोकिया कम्पनीको मोबाइल १ वटा बरामद गरेको छ ।

अन्य ६ जनालाई प्रहरीले खोजिरहेको छ, तर भेट्टाउन सकेको छैन । बैंकबाट २१ लाख रुपैयाँ चोरी भएको छ, प्रहरीले सयौं कोसिस गर्दा पनि सो रकम भेट्टाउन सकेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: