×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०% लाभांश पारित गर्न सिभिल लघुवित्त वित्तीय संस्थाको साधारणसभा कात्तिक २८ गते हुँदै, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२०% लाभांश पारित गर्न सिभिल लघुवित्त वित्तीय संस्थाको साधारणसभा कात्तिक २८ गते हुँदै, बुक क्लोज कहिले ?

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २८ गते हुने भएको छ । कम्पनीको सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले सभामा १९% बोनस सेयर र कर तिर्न १% नगद लाभांश दिने प्रस्ताव पेस गर्ने जनाएको छ ।
जसका लागि कम्पनीले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस र करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश छुट्याएको छ । यस्तै कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्नको लागि यस कम्पनीले कात्तिक १४ बुक क्लोज गर्नेछ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी