×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्स कम्पनीसहित ५ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा, कसलाई कति जरिवाना ? (सूचीसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

गुडविल फाइनान्स कम्पनीसहित ५ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा, कसलाई कति जरिवाना ? (सूचीसहित)

काठमाडौँ । विभिन्न कारणले पाँच फाइनान्स कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । गैर स्थलगत सुपरिवेक्षणको क्रममा राष्ट्र बैंकले पाँच वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको हो । राष्ट्र बैंकको कारवाहीमा समृद्धि फाइनान्स, गुडविल फाइनान्स, ललितपुर फाइनान्स,  सिटि एक्सप्रेस फाइनान्स र जानकी फाइनान्स परेका हुन् ।
राष्ट्र बैंकले समृद्धि फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले १ सय ३८ रुपैयाँ, गुडविल फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले २८ सय ७ रुपैयाँ जरिवाना गरेको छ भने ललितपुर फाइनान्सलाई दोस्रो त्रैमासमा सिसिडि कायम नगरेकोले ६४ हजार ५ सय ७२ रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई ७ लाख ११ हजार (प्रथम त्रैमास), सिटि एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार, ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास), जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार (तेस्रो त्रैमास) जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: