×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युत महशुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने विद्युत नियमन आयोगको निर्णय स्वागतयोग्य छ’: एफएनसिसिआई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘विद्युत महशुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने विद्युत नियमन आयोगको निर्णय स्वागतयोग्य छ’: एफएनसिसिआई

Artha Sarokar

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विद्युत महशुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागतयोग्य रहेको बताएको छ । कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुुग्ने विश्वास महासंघको रहेको छ । विद्युत डिमाण्ड शुल्क बृद्धि नगर्न महासंघले वारम्वार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई भेटी सुुझाव समेत दिइएको थियो । महासंघको सुुझाव अनुसारनै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ । यसका लागि महासंघ माननीय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुुसाल, मन्त्रालयका अधिकारीहरु, विद्युत नियमन आयोग, प्राधिकरण पदाधिकारीलाई धन्यवाद दिएको छ ।

यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने विश्वास महासंघको छ । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महशुल न्यून गरि अन्य शुल्क समेत हटाउँदै जानुु पर्ने र उद्योगहरुलाई सहुुलियत दरमा विद्युत उपलव्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने विश्वास महासंघको छ ।

नेपालमा जलविद्युतको अत्यधिक स्रोत भएपनि उद्यम व्यवसायका लागि महंगो रहँदै आएको छ । विद्युतको निर्वाध आपूर्ति र उद्योगका लागि सहुुलियत दरमा बिजुली उपलब्ध गराउनुुपर्नेमा महासंघले सदैव जोड दिंदै आएको छ । साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार Generation license, EIA भएका र grid) सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरूसंग तत्काल पीपीए सुचारु गर्न पनि महासंघले अनुरोध गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी