काठमाडौं । कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि नेपालको पूँजीबजार भने यस अवधिमा गतिशील रही पूँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजीबजारप्रतिको विश्वास बढेको छ जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष भएको महासंघले जनाएको छ ।
महासंघले भन्यो‘ बजारमा प्रविधिको प्रयोग र बैंक वित्तीय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाएका छन् । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्फको आकर्षण बढ्दै गएको देखाउँछ । मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पूँजी बजारमा उतार चढाव आएको महसुस गरिएको छ ।’
मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर परेको देखिन्छ । सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूंजी बजार ओरालो लागेको देखिन्छ’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले भन्यो ‘यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ । पूँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गर्दछ ।’ साथै पूँजी बजारमा जोखिम पनि रहने हुंदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघले आग्रह गरेको छ ।
यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक छ । बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ’ महासघंले भन्यो । अन्तमा पुँजी बजारको बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसतर्फ सबैले योगदान गर्न पनि महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्