×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फ्रान्सका राजदूत Gilles Bourbao र अर्थमन्त्री शर्माबीच शिष्टाचार भेट, नेपालमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फ्रान्सका राजदूत Gilles Bourbao र अर्थमन्त्री शर्माबीच शिष्टाचार भेट, नेपालमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत Bourbao लाई आग्रह गरेका छन् । कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी