काठमाडौं । बैंकिङ कसूरको मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ७ घर भइ हाल काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज बस्दै आएका ३० वर्षीय सुजन तामाङलाई महाराजगञ्जबाट मंगलबार सो मुद्दामा पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ साल पुस ६ गतेको पैसलाले तामाङलाई २० लाख जरिवाना र ८ दिन कैद सुनाएको थियो । उनले २०७८७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यान पारी ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई २० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा मंगलबार पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्