×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

`रातो´ बैंकको `ब्याजदर राजनीति´ले सेयर बजार राताम्य

काठमाडौं । बैंकहरुले अनावश्यक ब्याजदर बढाएपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । उसो त बजार निरन्तर घटिरहेका बेला एनआइसी एसिया बैंकलगायतले अनावश्यक ब्याजदर बढाएपछि बजार झनै नेगेटिभतर्फ गएको हो ।
दशैँपछि खुलेको बजारमा सोमबार नेप्से ६९.५१ अंकले घटेको थियो भने आज मंगलबार नेप्से परिसूचक घटेर २४०० अंकको लाइनमा झरेको छ । आज सवा १ बजेसम्म बजार ९८ अंकले झर्दा सूचक २४९० अंकमा आइपुगेको हो ।बैंकहरुले ब्याज दर ११.७६ प्रतिशतसम्म पुर्याएपछि बजार यो अवस्थामा आइपुगेको हो । एक दर्जन बैंकको ब्याज १० प्रतिशतभन्दा माथि छ ।
एनआइसी एशिया बैंकले मुद्दति निक्षेपकै ब्याजदर ११.१० प्रतिशत पुर्याएको हो। कात्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मासिक निक्षेप खाताको ब्याजदर असोजको तुलनामा २.५ प्रतिशतले बढाएको छ भने केही बचत खाताको ब्याजदर ३ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमात्कारिक मासिक निक्षेप खाता (नर्मल) को ब्याजदर ११.१० प्रतिशत निर्धारण गरिएको छ भने सोहि नामको कस्टमाइज्ड खातामा समेत ११.१० प्रतिशत नै ब्याजदर पाइनेछ । यसैगरी, १ वर्षदेखि १० वर्षे अवधिको मुद्दति निक्षेपको प्रडक्ट तयार गर्दै एनआइसी एशियाले ११.१० प्रतिशत नै ब्याजदर निर्धारण गरेको छ भने सर्वश्रेष्ठ मुद्दति खाता दि एनआइसी एशिया एम्बेस्डरमा ११.१० प्रतिशत वार्षिक ब्याज तोकिएको छ ।
यता एनसीसी बैंक र प्राइम कमर्सियल बैंकले पनि बैंकर्स संघको नियम विपरित ब्याजदर बढाएका छन् । सेयर बजारको यो अवस्थापछि आम लगानीकर्ताहरु भने आत्तिएका छन् । लगानीकर्ताहरु आत्तिएसंगै कारोबार रकम पनि घट्न थालेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: