×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको गुञ्जनगर शाखाको गैरकानुनी धन्दा सतहमा, शाखा प्रमुख शोभाकुमारी दत्त निलम्बनमा (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कृषि विकास बैंकको गुञ्जनगर शाखाको गैरकानुनी धन्दा सतहमा, शाखा प्रमुख शोभाकुमारी दत्त निलम्बनमा (भिडियो)

Artha Sarokar

६ कार्तिक २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडको रकम घोटाला प्रकरण सतहमा आएको छ । बैंकको चितवनस्थित गुञ्जनगर शाखामा आर्थिक अनियमितता भएको प्रारम्भिक रुपमा पुष्टी भएपछी अहिले शाखा प्रमुख शोभाकुमारी दत्तलाई निलम्बन गरी थप छानविन प्रक्रिया अगाडी बढाइएको छ । ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिई सो रकम मिटर ब्याजमा प्रयोग हुने गरेकोसमेत आरोपउपर थप छानविन प्रक्रिया अगाडी बढेको हो । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको कृषि बिकास बैंकले जनाएको छ ।
छानविन समितिले गुञ्जनगर शाखामा पुगेर आवश्यक कागजपत्र लिएर काठमाडौँ आइसकेको छ । तत्कालीन प्रमुख निलम्बनमा परेपछि शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ । लेखापरिक्षणका क्रममा कैफियत भेटिएपछी शाखा प्रमुखलाई निलम्बन गरिएको र छानविन प्रक्रिया अगाडी बढेको बैंकका केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिएका छन् ।
लेखापरीक्षणका क्रममा बैंककि शाखा प्रबन्धकले ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई विना ब्याज सापटी दिएको खुलासा भएको थियो । लेखापरीक्षणका क्रममा बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखिन्छ । जुन नियम विपरितको काम हो । शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको जानकारीका आधारमा थप अनुसन्धान भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी