×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियामक निकायले कुनै पहल नगरेको भन्दै लगानीकर्ताहरु पुन: विरोधमा, सेयर बजार धरापमा पारेको आरोप ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

नियामक निकायले कुनै पहल नगरेको भन्दै लगानीकर्ताहरु पुन: विरोधमा, सेयर बजार धरापमा पारेको आरोप ! (भिडियो रिपोर्ट)

काठमाडौँ  । पूँजीबजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।  सोमबार काठमाडौंको माइतिघरमा बिभिन्न माग राख्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । स्वतन्त्र पूँजीबजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो सेयर र टिएमएसको समस्या छिो समाधान गर, शेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
यसअघि असोज ६ गते पूँजीबजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेस गरेको थियो । आफ्ना माग ५ कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाई छ । उनीहरुले लगानीकर्ताको मागका बारेमा कुनै सुनुवाई नभए निरन्तर बिरोध गर्ने बताएका छन् । केन्द्रीय बैंकको पूँजीबजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरुको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: