×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा साहस उर्जा र तेह्रथुम पावरको आइपीओ सूचिकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा साहस उर्जा र तेह्रथुम पावरको आइपीओ सूचिकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

११ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साहस उर्जा कम्पनी र तेह्रथुम पावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । साहस उर्जाको ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावर कम्पनीको ४० लाख आइपीओ नेप्सेमा आज बिहिबार नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले तेह्रथुम पावर कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि ८४ रुपैयाँ ७४ पैसादेखि २५४ रुपैयाँ २२ पैसासम्म मूल्य रेञ्ज तोकेको छ । साहसको आइपीओलाई पहिलो कारोबारको लागि १३५ रुपैयाँ ११ पैसादेखि ४०५ रुपैयाँ ३३ पैसासम्म मूल्य रेञ्ज तोकेको छ ।
दुबै कम्पनी सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छन् भने साहस उर्जाको स्टक सिम्बोल एसएचएएस र तेह्रथुम पावरको टिपिसी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: