काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने पनि आज बिहिबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा र लाभांश वितरणका लागि कात्तिक ७ गते आइतबार बुक क्लोज गर्ने भएकाले आज बिहिबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । कात्तिक ५ गते शुक्रबार र ६ गते शनिबार दुवै दिन बजार बन्द रहेको हुनाले आजै बिहिबार लाभांश सुरक्षित गरिसक्नुपर्ने हुन्छ ।
बैंकले गत वर्षको नाफाबाट यसले लगानीकर्तालाई १३.३०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७०% नगद लाभांश वितरण गर्दैछ । बैंकले उक्त १४% लाभांश अनुमोदन गर्न कात्तिक २६ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकले सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस गर्ने भएको छ भने बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्