काठमाडौँ । मध्य भोटेकोशीको जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको प्राथमिक सेयरको बाँडफाँडमा आंशिक परेका तथा नपरेकाको सेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।
बाँडफाँडमा आंशिक परेको तथा नपरेकाको सेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
त्यस्तै बिक्री प्रबन्धक र सह–निष्काशन तथा बिक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँडमा नपरेका सेयरबापतका रकम स्थानान्तरण गर्न समस्या परेको भन्दै आवेदकलाई आफ्नो बैंक खातामा पैसा फिर्ता भए नभएको यकिन गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।
क्यापिटलले बैंक खाता उल्लेख नगरेका तथा खाता नम्बर फरक परेका आवेदकको नामावली रकम रकमान्तर हुन नसकेकोे कारण सहितका क्यापिटलको वेबसाइटमा राखिएको र आवेदकले उक्त विवरण हेरी फिर्ता गर्नुपर्ने बैंकको नाम र खाता नम्बरसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको थियो । त्यसमा एक लाख भन्दा बढी योग्य आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १९० कित्तासम्म शेयर पाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्