काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफु पदमा नवस्ने उद्घोष गर्नुभएको छ । मंगलबार पर्यटन बोर्डले काठमाडौंमा आयोजना गरेको स्वागत कार्यक्रममा आफुलाई पार्टीले विश्वास गरेर सरकारमा पठाएको भन्दै पर्यटन क्षेत्रलाई सुधार गरेरै देखाउने र काम गर्न नसके पदमा नवस्ने उद्घोष गर्नुभएको हो ।
उहाँले अहिले आफु परिक्षामा रहेको र उत्कृष्ठ नतिजा ल्याएर देखाउने बताउनुभयो । नेपाल एयरलाईन्सलाई घाममा सुकाएर राख्ने नीति अव सह्य नहुने उहाले बताउनुभयो । उहाँले निजि एयरलाईन्सलाई पोस्ने काम भएको भन्दै अब नेपाल एयरलाइन्सको सुधार गरेर देखाउने धारणा राख्नुभयो । आफु आएको ४८ घण्टाभित्रै बायुसेवा निगमको आन्दोलन फिर्ता गराउन सफल भएको भन्दै उहाँले कर्मचारीको माग अनुसार नै नयाँ अध्यक्ष नियुक्त गरेको बताउनुभयो ।
मन्त्री आलेले सिमित स्रोत र साधनकाबीच सुधारको काम गरेर देखाउने जिकिर गर्नुभयो । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले कोरोनाका कारण देखिएको समस्याका बारेमा जानकारी गराउदै समाधानका लागि आग्रह गरेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्