Skip to content
LAXMI SUNRISE BANK

‘बैंक तथा वित्तीय संस्थालाई ब्याजदरबारे राष्ट्र बैंकले दिएको निर्देशन स्वागतयोग्य छ’ : नेपाल चेम्बर अफ कमर्स

अर्थ सरोकार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ब्याजदरमा नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनलाई स्वागत गरेको छ । नेपाल चेम्बरले आज बिहिबार एक विज्ञप्ति प्रकासीत गरी राष्ट्र बैंकको सो कदमको स्वागत गरेको हो ।
चेम्बरको विज्ञप्तिमा ‘गत महिनाहरुमा बैंकहरुले दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनि दिएको निर्देशन स्वागत योग्य रहेको छ।’ उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरको धारणा रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK