×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विवेक झाले छोडेपछि दिनानुदिन ओरालो गतिमा नेपाल लाइफ, प्रशाईले ‘नसक्ने’ निष्कर्ष निकालेर सीइओ खोज्दै बोर्ड !

काठमाडौँ । कुनै बेला नेपाल लाइफ भन्नेबित्तिकै जीवन बीमा कम्पनीको राजाझैं मानिन्थ्यो । कर्पोरेट सुशासनदेखि सेयर होल्डरहरुसम्मलाई खुसी राख्ने मामलामा कम्पनीमा कुनै समस्या थिएन । कर्मचारीहरुको विषयमा खासै विवाद पनि थिएन । तर नेपाल लाईफ इन्स्योरेन्सबाट सिए. विवेक झाको बहिर्गमनसँगै कम्पनी ओरालो गतिमा छ । सेयरधनीहरु कम्पनीले गरेको व्यवहारदेखि रुष्ट छन् भने कर्मचारीहरु आन्दोलन गर्नुपर्ने तहसम्म पुगिसकेका छन् । बैंकको बिजनेश पनि झा हुँदाजस्तो सन्तोषजनक छैन । बजारमा बडो मुस्किलले बनाएको ब्राण्ड यतिबेला खतरामा छ ।

कम्पनीमा अहिले सन्तोष प्रशाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । तर उनले नेपाल लाइफ इन्स्योरेन्सलाई व्यवस्थापन गर्न नसकेको निष्कर्ष निकाल्दै अहिले बोर्ड नयाँ सीइओको खोजीमा छ । यहि बीचमा बोर्डले विभिन्न व्यक्तिहरुलाई सीइओको अफर गरेको बुझिएको छ । मासिक झन्डै १२ लाख तलव दिनेगरी सीइओको लागि विभिन्न व्यक्तिहरुलाई अफर गरिएको छ ।

सीइओका लागि अफर गरिएका पहिलो व्यक्ति थिए मनोज ज्ञवाली । उनी नबिल बैंकमा कार्यरत छन् । आफु नबिल बैंकमै रहने बताउँदै उनले सो प्रस्ताव अस्वीकार गरेका थिए । नेपाल लाइफले सीइओ प्रस्ताव गरेकै केहि समय पछाडी ज्ञवाली नबिल बैंक लिमिटेडमा जीएम पदमा बढुवा भए । नबिलमा अहिले उनको हैसियत डेपुटी सीइओ हो ।

ज्ञवालीले ‘नो’ भनेपछि कम्पनीले यस विषयमा ग्लोबल आइएमइ बैंक लिमिटेडका सिनियर डेपुटी सीइओ महेश ढकाललाई अफर गरेको थियो । तर ढकालले आफु नेपाल लाइफ नजाने बताएपछी कम्पनीले यसअघि बीमा कम्पनीमै समेत काम गरेका र नेपाल राष्ट्र बैंकमा पनि लामो अनुभव भएका सिए शिवनाथ पाण्डेलाई सीइओका रुपमा अफर गरेका छन् । पाण्डेको भने फाइनल डीसीजन आइनसकेको बुझिएको छ ।

केहि समय अगाडी ग्लोबल आइएमइ बैंकमा आएका सिए महेश ढकाल अहिले अध्यक्ष र सीइओको बीचको पेलानमा परेका कारण बैंक छोड्ने मनस्थितिमा रहेको बुझिएको छ । यद्यपी स्वास्थस्थितिमा ठिक नभएकाले उनी अहिले विदामा छन् । ज्ञवाली नबिलमा बढुवा भएपछी अन्त जाने मुडमा छैनन् । पाण्डेले भने नेपाल लाइफ हाँक्न सक्ने विश्लेषण गरिएको छ ।

यद्यपी बोर्डले केहि अरु व्यक्तिहरुलाईसमेत नेपाल लाइफको सीइओका रुपमा अफर गरेको बुझिएको छ । सीइओ बाहिर बाट ल्याउने भएपछी अव प्रशाईसँग कि नेपाल लाइफमै घटुवा भएर डेपुटी सीइओ भएर बस्ने कि कम्पनी छोड्ने विकल्प छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: