×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-माल्टा पर्यटन साझेदारीमा जोड, समुद्र र सगरमाथाको समुचित प्रवर्द्वनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

नेपाल-माल्टा पर्यटन साझेदारीमा जोड, समुद्र र सगरमाथाको समुचित प्रवर्द्वनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने

काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले नेपालको पर्यटनलाई अझ उजिल्याउन माल्टाबाट धेरै सिक्न सकिने बताउनुभयो । माल्टा र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत गाउचीले त्यसलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।

उहाँले दुई हजार दुई सयभन्दा बढी नेपालीले माल्टामा काम गरिरहेका जानकारी दिँदै भविष्यमा थप नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच श्रम सम्झौता गर्नसके पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न मद्दत पुग्थ्यो । ”माल्टाको अथाह समुद्र र नेपालको सर्वोच्च शिखर सगरमाथाको समुचित प्रवद्र्धनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गर्दै उहाँले द्विपक्षीय व्यापार बढाउन आफू सहजकर्ताको भूमिका निर्वाह गर्न तत्पर रहेको बताउनुभयो । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: