काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । राष्ट्र बैंकले मुलुकको २ महिनाको अर्थतन्त्रको अवस्था सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
चालू आर्थिक वर्षमा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको हो । गत वर्ष असहज परिस्थितिमा पनि रेमिट्यान्स बढेको थियो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।
यसअवधिमा चालु खाता १ खर्ब ६ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको छ । गत वर्ष यसैअवधिमा चालु खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकका अनुसार यसअवधिमा शोधनान्तर अवस्था पनि ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा शोधनान्तर ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्