काठमाडौं । नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डियाबीच सम्झौता भएको छ । नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने सम्बन्धमा उक्त सम्झौता भएको हो । नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी टाईका अध्यक्ष ज्योति मायालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवद्र्धनका विभिन्न ‘इभेन्ट’,‘रोड सो’, वेवीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्नेलगायतका विषय समावेश गरिएको छ ।
भारत नेपालका प्रमुख पर्यटकीय स्रोत बजार रहेकाले यस सम्झौताले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा.रेग्मीले बताएका छन् । उनले एक अर्को देशमा भएका पर्यटन प्रवद्र्धनका राम्रा अभ्यास आदानप्रदान गर्दा दुवै देशको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्