×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबार घट्यो नेप्से परिसूचक, ४ अर्ब ४९ करोडमाथिको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महिला लघुवित्तको भएको छ । यस कम्पनीको १८ करोड ९३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज ३ उपसमूहबाहेकका सबै उपसमूह घटेका छन् ।
यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार महिला लघुवित्तको भएको छ । यस कम्पनीको१८ करोड ९३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जीवन विकास लघुवित्त, नेपाल बंगलादेश बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेपाल बैंक, छिमेक लघुवित्त, शिवम सिमेन्ट र रैराङ्ग हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूची :
यसैगरी आइतबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेका हो । यस अलावा  मैलुङ्गखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, महिला लघुवित्त, महालक्ष्मी विकास बैंक, चिलिमे हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूची :
यस्तै आइतबारको सेयर बजारमा शिवम् सिमेन्ट, माउण्टेन हाइड्रोपावर र रिडी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यी कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूची :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: