Skip to content
LAXMI SUNRISE BANK

बजार उकालो यात्रातर्फ, ५५.५० अंकले बढेर नेप्से २८३७.६१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज १ उपसमूह बाहेक सबै उपसमूहका उप-परिसूचक बढेका छन् ।

यस्तै आइतबारको सेयर बजारमा एभरेष्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । एभरेष्ट बैंकको प्रमोटर सेयरमा यस्तो गिरावट आउँदा एभरेष्ट बैंकको प्रिफियन्स सेयर, बेष्ट फाइनान्सलगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्टिलरी, अपि पावर, एनआइसी एशिया बैंक, महालक्षमी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः


यसैगरी आइतबारको सेयर बजारमा यूनाईटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, पाँचथर पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्य पोजेटिभ सर्किट लागेको हो । यस अलावा साहस उर्जा, रेर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कामना सेवा विकास बैंक, सानिमा माई हाईड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK