×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार यस एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको मिति २०७८/०७/१० मा बसेको बैंठकले आजै देखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन् । बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा बिजया स्वारलाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: